पाल्पामा पहिरोले बगाउदा एकै परिवारका पाँच जना बेपत्ता - MONGOL KHABAR

Breaking

पाल्पामा पहिरोले बगाउदा एकै परिवारका पाँच जना बेपत्ता

टोपबहादुर कामु मगर

पाल्पा । असोज पाल्पा रम्भा गाउँपालिका वडा नम्बर -२ फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मानबहादुर गाहा मगरको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे छ ।


हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना बेपत्ता भएको स्थानियले बताए । बेपत्ता हुने हुम बहादुर गाहा अन्दाजी ६० बर्ष, निजको श्रीमती, छोरी, छोरीको छोरी (नातिनी) र छोराको छोरी (नातिनी) रहेका छन् ।
फाइल तस्बिर
बुधबार राती अविरल वर्षाका कारणले पाल्पा रम्भा गाउँपालिका बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।
मानबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसे पछि भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताए ।

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको बताए । घटना स्थलमा भर्खरै जिल्ला प्रहरी कार्यालयको उद्दार टोली पुग्ने क्रममा रहेको बताईएको छ । यस घट्नाको सत्यतथ्य बुझ्न पाल्पा जिल्ला सुचना अधिकारी संग बिहिबार बिहान ९:२३ बजे नवलपुर टुडेका संबाददाताले टेलिफोन सम्पर्क गरेर बुझ्दा बाकी अप्डेट पछि गराउने बताउने जानकारी गराउनु भयो ।