पुर्बी नवलपरासीमा पहिलो पटक महिला सिडिओ आउदै - MONGOL KHABAR

Breaking

पुर्बी नवलपरासीमा पहिलो पटक महिला सिडिओ आउदै


कावासोती । पूर्वी नवलपरासीमा पहिलो पटक महिला सिडिओ आउने भएको छ । गृह मन्त्रालयले हालको सिडिओ पिताम्बर घिमिरेलाई सरुवा गरि मनमाया पंगेनीलाई नवलपुर पठाएको हो ।


जिल्लाकै पहिलो महिला सिडिओमा आउन लागेकी पंगेनी नवलपुरकी चेली हुन् । उनले मध्यबिन्दु नगरपालिका १० अरुणखोला स्थित जनता माविबाट प्रारम्भिक शिक्षा लिएर सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।


नवलपरासी कै आफ्नै चेलीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा स्वागत गर्न पाउँदा जिल्लावासी हर्षित भएका छन् ।


आफ्नै गाउँमा आउन पाउँदा खुशी लागेको पंगेनीले प्रतिक्रिया दिइन् । यद्यपि पत्र हात परि नसकेको उनले बताइन् ।