नवलपुरमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्यो - MONGOL KHABAR

Breaking

नवलपुरमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्यो

कावासोती । सहसचिव मनमायाँ पंगेनीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रमुख जिल्ला अधिकारीको कार्यभार आजबाट सम्हाल्नु भएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे रुपन्देही जिल्लाको सिडियोमा पदस्थापन भएपछि मनमायाँ पंगेनीले आजबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा प्रजिअको कार्यभार सम्हाल्नु भएको हो । 


पंगेनी नवलपरासीपूर्वको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनु भएको छ । राज्य पुनसंरर्चनामा जानुअघिको सिङगो नवलपरासी जिल्लामै उहाँ पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनु भएको छ । उहाँले निजामति दिवसका दिन नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारीरुपमा पदभार ग्रहण गर्ने सौभाग्य पाउनु भएको छ ।  


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गृहमन्त्रालयमा सरुवा हुनु भएका नवलपुरको नवनियुक्त प्रजिअ पंगेनी २०६३ सालमा निजामति सेवामा प्रवेश गर्नु भएको थियो । नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि पंगेनीलाई गृहले प्रमुख जिल्ला अधिकारीको रुपमा नवलपुर पठाएको हो ।