नेपाललाई रेल भारतले दिएको हो : भारतीय रेल मन्त्री पियुष गोयल - MONGOL KHABAR

Breaking

नेपाललाई रेल भारतले दिएको हो : भारतीय रेल मन्त्री पियुष गोयल

काठमाडौ । असोज ४ आइतबार, नेपाल सरकारले करोडौ खर्चेर भारतबाट रेल ल्याएको बताइरहदा र कम्युनिष्ट समर्थकले जयजयकार गरिरहदा भारतिय रेल मन्त्रीले भने भारतले नेपालालाई रेल दिएको बताएका छन । 

भारतिय रेल मन्त्री पियुस गोयलले नेपालले भर्खरै भारतबाट ल्याएको रेल किनेर ल्याएको नभै भारतले दिएको बताएका हुन । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो धारणा सार्बजनिक गरेका हुन ।



उनले ट्विटरमा नेपालसँग भारतको प्राचीन सांस्कृतिक र सौहार्द्रपूर्ण सम्बन्ध रहेको र सम्बन्धलाई नयाँ आयाम दिदै भारतिय रेलवेले नेपाललाई ट्रेन सेट दिएको उल्लेख गरेका छन ।

नेपालले खरीद गरेको रेललाई भारतीय रेल मन्त्रीले अनुदानमा दिएको आशय ब्यक्त गर्नुलाई नेपाललाई हेर्ने भारतिय दृष्टिकोण अझै पनि त्रुटिपुर्ण रहेको जानकारहरु बताउछन ।

नेपाल सरकारले अहिले सम्म आफ्नो धारण प्रष्ट पारेको छैन । जानकारहरुले यस बिषयमा नेपाल सरलारले रेल किनेर ल्याएको हो कि अनुदानमा भारतले दिएको हो नेपाल सरकारले स्पष्ट पार्नुपर्ने उनिहरुको भनाइ छ । हाल रेलको बिषयमा सामाजिक संजालमा बिबाद भैरहेको छ ।