कुलमान घिसिङको पुन: नियुक्तीको माग गर्दै MNO DGG प्रदर्शन गर्ने - MONGOL KHABAR

Breaking

कुलमान घिसिङको पुन: नियुक्तीको माग गर्दै MNO DGG प्रदर्शन गर्ने

काठमाडौं । असोज १ बिहीबार, चार बर्ष कार्यकाल सकिएर अबकास प्राप्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्त गर्नु पर्ने माग गर्दै मंगोल नेशनल अर्गनाइजेशन - डा.गोपाल गुरुङ संगठन प्रदर्शन गर्ने तयारी गर्दैछ ।


घिसिङ तीन करोड नेपालीको उज्यालो नेपालको हिरो भएर आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका हुन । कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त नगरे संगठनले देशैभरी प्रदर्शन गर्ने संघिय सदस्य तथा आर्थिक बिभाग प्रमुख आरेन राईले बताएका छन ।

घिसिङका समर्थनमा देशैभरका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिने, राज्यले घिसिङको समर्थनमा प्रदर्शन गर्दा दमन गरे त्यसको प्रतिकार समेत गर्ने र नराम्रो परिणाम सरकारले जिम्मा लिनु पर्ने बताएका छन ।

प्रदर्शन कार्यक्रम आउने शनिबार गर्ने समेत जानएको छ । कोभिड -19 भाइरसको महामारीको ख्याल गर्दै सामाजिक दुरि कायम गर्दै प्रदर्शन कार्यक्रम गर्ने समेत जनाएको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।