हेटौंडा । असोज १७ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ जिल्ला सभा मकवानपुरको आयोजनामा मकवानपुरको हटौडा उपमहानगर पालिका-१२ पदमपोखरी पान्तलेमा मंगोलवाद सम्वन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रम पश्चात वडा सभा गठन गरेको छ । वडा सभा वाङ्ग लामाको संयोजकत्वमा ९ सदस्य गठन भएको छ । कार्यक्रममा स्थानीय बुद्धिजिबि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि मंगोलहरु एक हुनुपर्ने जोड दिदै मन्तव्य दिएका थिए ।
सघिय सभाका संचार बिभाग प्रमुख जीवन मंगोलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रखर युवा नेता रोशन लामाले प्रशिक्षण दिएका थिए भने, मान बहादुर मोक्तानको सभाध्यक्ष र प्रदेश नम्बर ३ का युवा प्रमुख मन्दिरा मोक्तानको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।