बैठक सुरु हुनासाथ कांग्रेसका सांसद उठे, २ बजे सम्मका लागि बैठक स्थगित - MONGOL KHABAR

Breaking

बैठक सुरु हुनासाथ कांग्रेसका सांसद उठे, २ बजे सम्मका लागि बैठक स्थगित

बुटवल । असोज १९ सोमबार, प्रदेश सभाकाे बैठकमा नेपाली कांग्रेसका सासदहरुले बैठक सुरु हुना साथ उठेर बिराेध जनाएका छन ।


बैठक सुरु हुनासाथ उनिहरु उठेर बिराेध जनाएपछि सभामुख पुर्ण बहादुर घर्तीले कांग्रेस सांसद रमा अर्याल र सन्ताेष पाण्डेलाई जरुरी महत्त्वकाे बिषयमा बाेल्न समय दिएपनि कांग्रेस सांसद बिरेन्द्र कनाैडियाले बाेलेका छन् ।

उनले सरकारले निरंकुश शैलिमा राजधानी सार्ने प्रस्ताव ल्याएकाे भन्दै प्रस्ताव फिर्ता गरेर सहमति काे बाटाेमा प्रस्ताव ल्याउन आग्रह गरे ।

कनाैडियाले बाेलेपछि सभामुख घर्तीले सदनकाे प्रकृया अगाडि बढाउन खाेजेपछि कांग्रेस सांसदहरुले राेष्टम घेराउ गरे ।

कांग्रेस सांसदहरूले नारावाजी सहित राेष्टम घेरेपछि सभामुख घर्तीले २ बजे सम्मका लागि बैठक स्थगित भएकाे सुचना जारी गरेका थिए