चितवन मंगोलमय बन्दै, दैनिक मंगोलवाद प्रशिक्षण र संगठन बिस्तार गर्दै - MONGOL KHABAR

Breaking

चितवन मंगोलमय बन्दै, दैनिक मंगोलवाद प्रशिक्षण र संगठन बिस्तार गर्दै

चितवन । असोज २८ बुधबार, चितवनको रत्ननगर -१२ मा मंगोल नेशनल अर्गनाइजेशन - डा.गोपाल गुरुङ संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


प्रशिक्षण संघिय सभा प्रखर सदस्य पुर्खा राम प्रजाद्वारा भएको थियो । पछिल्लो समय चितवन जिल्लामा संगठनले व्यापक मंगोलवाद प्रशिक्षण गर्दै संगठन बिस्तार गर्दैछन । बिगत एक बर्ष अगाडि देखि चितवन जिल्लाको रत्ननगरपालिका र राप्ती नगरपालिकामा मंगोलवाद प्रशिक्षण गर्दै व्यापक संगठन बिस्तार गर्दै आएको छ ।


मंगोलवाद प्रशिक्षण पस्चात स्थानियले ढिलै भए पनि मंगोल दर्शन प्रप्ता गर्न पाएको खुशी ब्यक्त गर्दै, अब बाहुनको झोला कहिले नबोग्ने र आफ्नो सन्तानको लागि व्यापक रुपमा मंगोल अभियानमा लाग्ने एक स्थानियले बताए ।

प्रशिक्षण कार्यक्रम रत्ननगर -१२ जय मंगला सामुदायिक भवनमा सम्पन्न गरेको थियो ।