अष्ट्रियामा बुटवल मणिग्राम घर भएकी एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरिन् - MONGOL KHABAR

Breaking

अष्ट्रियामा बुटवल मणिग्राम घर भएकी एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरिन्

भियाना । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरेकी छन् । अष्ट्रियाको क्रोने पत्रिकाका अनुसार ३१ वर्षिय बुटवल मणिग्राम घर भएकी चन्द्रा भट्टराई अर्यालले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या  गरेकी हुन् ।  


हत्या गरेर उनले पुलिसलाई मेरा २ छोरी र १ छोरालाई मारे म आत्महत्या गर्छु भनेर फोन गरेकी थिईन् । मृतक तीन बच्चा मध्ये ८ महिना, नौं बर्ष र तीन वर्षका थिए । मृत्यकमा दुई बालिका र एक बालक रहेका छन् । हत्या पछि चन्द्राले आत्महत्याको प्रयास गरेकी थिइन् ।


चन्द्राले शनिवार बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैले खवर गरेको पत्रिकाले लेखेको छ । चन्द्राले आफैले ती बच्चाहरुका हत्या गरेर बिहान ५ बजेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी घटना स्थलमा पुग्दा ९ वर्षिय एक बालिका जिवित नै रहेको तर पछि अस्पतालमा लगेपछि निधन भएको बताएको छ ।

                     उनीहरु बस्दै आएका अपार्ट्मेण्ट 
विगत एक वर्ष देखी भियानमा बस्दै आएकी ती महिला र उनको श्रीमान बीच विवाद भएपछि उनका श्रीमान परिवार छोडेर बाहिर बस्दै आएको पत्रिकाले उल्लेख गरेको छ । घटनाको बारेमा बिस्तृत अनुसन्धान भैरहेको छ । हत्याको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताए छ ।