महोत्तरी । कार्तिक ३ सोमबार, मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले महत्तरीको बर्दिबासमा मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ ।
पछिल्लो समय संगठनले गाउँ देखि शहर सम्म एक घर एक मंगोल सदस्य बनाउने अभियान व्यापक संचालन गरेको छ । त्यसै क्रममा महोत्तरीको बर्दिबासमा प्रमुख अतिथी तथा प्रशिक्षक आर्यन राईको प्रशिक्षण पश्चात अर्बिन तामाङको संयोजकमा ११ सदस्यीय वडा सभा गठन गरिएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा उपस्थित त्यहाँको स्थानियहरुले मंगोल अस्तित्व ढिलै भएपनि बुझ्न पाउँदा खुशी ब्यक्त गर्दै १५० जनाले सदस्यता लिएर अबका दिनमा भाबी सन्तानको मुक्तिको लागि भए पनि मंगोल अभियानमा निरन्तर लाग्ने बताए ।
उक्त प्रशिक्षण कार्यक्रममा संघिय सभाका संघिय सदस्य तथा आर्थिक बिभाग प्रमुख आर्यन राई प्रमुख अतिथी रहनुभएको थियो भने, अर्बिन तामाङको सभापतित्व र पुष्कर मंगोलको संचालनमा महोत्तरीको बर्दिबास नगरपालिका वर्डा नम्बर -१० मा सम्पन्न गरेको थियोे ।