नेकपा संसदीय दलकाेे बैठकमा दलका नेता मुख्यमन्त्री शंकर पाेखरेलले प्रस्तावकाे पक्षमा मतदान गर्न ह्विप जारी - MONGOL KHABAR

Breaking

नेकपा संसदीय दलकाेे बैठकमा दलका नेता मुख्यमन्त्री शंकर पाेखरेलले प्रस्तावकाे पक्षमा मतदान गर्न ह्विप जारी

बुटवल । असाेज १९ सोमबार, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेशको नाम र राजधानी सम्वन्धि प्रस्तावकाे पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । 


नेकपा संसदीय दलकाेे बैठकमा दलका नेता मुख्यमन्त्री शंकर पाेखरेलले प्रस्तावकाे पक्षमा मतदान गर्न निर्देशन दिएकाे दलका मुख्य सचेतक भुमिश्वर ढकालले बताए ।  अव नेकपाका संसदहरुले प्रस्तावकाे पक्षमा मतदान गर्नुहुन्छ उनले भने । 


प्रदेश ५ सरकारले गत सुक्रवार  प्रदेशको नाम लुम्बिनी र राजधानी दाङकाे राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँचीकाे सितगंगा नगरपालिकाका वडा नं ८ र ९ लाई प्रदेशको राजधानी बनाउन प्रस्ताव पेश गरेकाे थियो ।


हाल रुपन्देही कांग्रेस र बुटवलको स्थानियले प्रदेशको राजधानी दाङ लैजाने प्रस्तावको बिरोधमा दैनिक बिरोध गरि प्रदर्शन गरिरहेको छ । सोमबार साबिक लुम्बिनी अंचलका जिल्ला बन्द गरेको छ ।