लुम्बिनी प्रदेशको राजधानीमा जग्गा कारोबार बन्द गर्न आग्रह, काजजात तमसुक गरि खरिदबिक्री काजजात जफत हुने । - MONGOL KHABAR

Breaking

लुम्बिनी प्रदेशको राजधानीमा जग्गा कारोबार बन्द गर्न आग्रह, काजजात तमसुक गरि खरिदबिक्री काजजात जफत हुने ।

जगत ठाडा मगर

दाङ । कार्तिक ५ बुधबार, दाङको राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भैईरहेको वा हुन सक्ने गैरकानुनी जग्गा कारोबार तुरुन्तै बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले एक सुचना प्रकाशित गरि जग्गा कारोबार बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ । प्रदेश सभाबाट गत असोज २० गते राप्ती उपत्यकालाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएका क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्र समेत पर्ने भएकाले उक्त क्षेत्रभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको बताए ।


कुनै पनि ब्यक्तिलाई जग्गा गैरकानुनी किनबेच नगर्न तथा नगराउन अनुरोध गरेका छन । गाउँपालिकाले आफ्नो भुउपयोग नीति तयार गरेकाले सबै क्षेत्रमा घर घडेरीका रुपमा जग्गा किनबेच गर्न नमिल्ने पनि जानकारी गराएको छ । प्रदेश सरकारबाट राजधानीको पुर्बाधार तयार पार्ने सम्बन्धमा जग्गाको लगत संकलन गर्ने गुरु यिजना तयार गरि सके पछि मात्र जग्गा किनबेच तथा अन्य कार्य जग्गा किनबेच तथा अन्य कार्य हुने सम्भावना भएकाले हाल जग्गाको कुनै पनि कारोबार गर्न नमिल्ने गरिएको छ ।


लुम्बिनी प्रदेशको राजधानीमा जग्गा कारोबार बन्द गर्न आग्रह, काजजात तमसुक गरि खरिदबिक्री काजजात जफत हुने ।


प्रदेश तथा स्थानिय सरकारले जग्गा रोक्का राखेको अबस्थामा गैरकानुनी काजजात तमसुक गरि गरिएका खरिदबिक्री मान्य नहुने र काजजात पनि जफत हुने अध्यक्ष सुबेदीले बताए । मुलुकी देवानी कार्यबिधी संहिता २०७४ को दफा ३६ मा रु.५० हजार भन्दा बढी रकमको घरसारमा तयार भएको लिखित सम्बन्धित पक्षका उपस्थितिमा वडा समितिको कार्यालयबाट प्रमाणित गराउनु पर्ने प्रावधान समेत रहेकाले प्रमाणित नगराइएका उक्त काजजात आधिकारिक नहुने जनाएको छ ।