चितवनमा गाउँ गाउँ जाऔं, मुलबासी ब्युँझाऔं अभियान निरन्तरता - MONGOL KHABAR

Breaking

चितवनमा गाउँ गाउँ जाऔं, मुलबासी ब्युँझाऔं अभियान निरन्तरता

चितवन । असोज २१ बुधबार, मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले चितवनमा गाउँ गाउँ जाऔं, मुलबासी मंगोल ब्युँझाऔं नारालाई निरन्तरता दिएको छ ।


संगठनले चितवनको विभिन्न नगरपालिका र वडामा व्यापक मंगोलबादको प्रशिक्षण गर्दै संगठन बिस्तार गर्दै आएको छ ।

चितवनमा संघिय सभाका दुई जना सदस्य पुर्खा राम प्रजा र वीर बहादुर तामाङले सरकारले कोभिड -१९ भाइरसको लकडाउन खुल्ला गरे आक्रामक रुपमा संगठन बिस्तार अभियानमा लागेको नवलपुर टुडेलाई जानकारी गराउनु भएको छ । 

त्यसैगरी बुधबार चितवन रत्न नगर -१२ मा घरदैलो अभियान गर्दै त्यहाँको स्थानिय मुलबासीहरुलाई मंगोलवाद बारे बुझाउदै अभियान जारी रहेको बताउनु भएको छ ।