हेटौंडा । उपमहानगरपालिका -१५ नम्बर स्थित कर्णेखोला घट्टे दमारमा मंगोल नेशनल अर्गनाईजेशन - डा.गोपाल गुरुङ संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सभाध्यक्ष सुर्य रुम्बा बादलको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेशका युवा प्रमुख मन्दिरा मोक्तान, बागमती प्रदेशका युवा योद्धा रोशन र संघिय सदस्य पुर्खा राम प्रजा लगायतले प्रशिक्षण सहितको मन्तव्य राख्नु भएको थियो ।
मन्तव्य राख्दै, मन्दिराले भन्नु भयो हामी यो देशको जनजाती आदिवासी होइनौ हामी नाक थेप्चो र आखाँ चिम्से भएका मंगोल नै यो देशको मुलवासी हौ । मंगोलको उत्पत्ति १ करोड ४० लाख वर्ष अघि नेपालको पाल्पा जिल्लाको दोभान, बलिहाङ भन्ने ठाउँमा भएको थियो । विश्व वैज्ञानिकहरुले पत्ता लगाएको कुरा राख्नु भयो । त्यसैगरी वहाँले मकवानपुर छिट्टै मांगोलमय बनाउने घोषणा गर्नुभयो ।
मन्तब्यकै क्रममा रोशनले थप्नु भयो, हामी मंगोल अब आफ्नो हकअधिकारको लागी अघि सर्नु पर्ने बेला आएको छ । हामीलाई धेरै दमन, शोषण र अन्याय भएको छ । मंगोललाई नानाथरि उल्टो सुल्टो कुरामा फसाएर हामीलाई आदिवासी भनि रहेका छ्न । अब हामी चुप लागेर नबस्ने बताए । हामी नेपालको मुलवासी हौ हामी अहिन्दु दशै बहिष्कार गर्ने र संबिधानमा जब सम्म हामीलाई मुलवासी मंगोल भनेर लेख्दैन तब सम्म हामी ७२ असोज ३ को संविधान स्विकार्दैन ।
कार्यक्रममा स्थानिय समाजसेवी तथा युवा नेता धर्म पाख्रिन, शिखरपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र बहादुर पाख्रिन लगायत ४५ जना युवाहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम जेबि डिम्डुङ्ले संचालन गर्नु भएको थियो ।