मकवानपुर मंगोलमय बन्दै एकै दिनमा तीन सभा गठन - MONGOL KHABAR

Breaking

मकवानपुर मंगोलमय बन्दै एकै दिनमा तीन सभा गठन

हेटौंडा । ८० प्रतिशत अहिन्दु मुलबासीहरुको एक मात्र साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन -डा:गोपाल गुरुङ संगठनले मकवानपुरको हेटौडामा भब्य मंगोलवाद प्रशिक्षण सम्पन्न पश्चात जिल्ला तदर्थ सभा, मंगोल युबा सभा र मंगोल नारी सभा गठन गरिएको छ ।


संगठनका संघिय सभा तथा बागमती प्रदेशका संयोजक सेरफ तामाङको प्रमुख अतिथिमा भएको उक्त प्रशिक्षण कार्यक्रममा, अतिथिहरु संघिय संचार बिभाग प्रमुख जीवन मंगोल, संघिय युबा संयोजक अमित याक्खा, संघिय आर्थिक प्रमुख आरेन राई, संघिय सदस्य पुर्खाराम प्रजा, वीर बहादुर तामाङ, सुनसरी जिल्ला सभाका सचिब साहारा कुलुङ राई, सुनसरी नारी सभाका अध्यक्ष अमृता राई, अर्बिन गोले तामाङ, कमला राई र बागमती युबा प्रमुख मन्दिरा मोक्तान रहनु भएको थियो ।


बागमती प्रदेश युबा प्रमुख मन्दिरा मोक्तानको पहलमा भएको उक्त कार्यक्रममा मंगोलबादको प्रशिक्षण क्रमशः जीवन मंगोल, अमित याक्खा र आरेन राईले दिनुभएको थियो । प्रशिक्षण कार्यक्रम पश्चात राम कुमार स्याङतानको संयोजकमा २१ सदस्यीय जिल्ला तदर्थ सभा मकवानपुर गठन गरिएको छ ।

त्यसैगरी सुर्य बहादुर रुम्बाको संयोजकमा २१ सदस्यीय मकवानपुर मंगोल युबा सभा र प्रमिला मोक्तानको संयोजकमा १३ सदस्यीय मकवानपुर नारी सभा पनि गठन भएको छ ।

कार्यक्रम सास्कृतिक कार्यक्रमको साथमा अतिथिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । स्थानिय मुलबासी मंगोलहरुलाई सदस्य कार्ड बितरण गरिएको थियो ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका - १३ स्थित पार्टी प्यालेसमा होमबहादुर राईको सभापतित्वमा मन्दिरा मोक्तानको संचालनमा सम्पन्न गरिएको थियो ।