भरतपुरमा मंगोलवाद प्रशिक्षण सम्पन्न, कुमार गुरुङको संयोजकमा ९ सदस्यीय टोल सभा गठन - MONGOL KHABAR

Breaking

भरतपुरमा मंगोलवाद प्रशिक्षण सम्पन्न, कुमार गुरुङको संयोजकमा ९ सदस्यीय टोल सभा गठन

चितवन । देशैभरी प्रशिक्षण र संगठन बिस्तार गरिरहेको मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठनले पछिल्लो समय चितवनमा पनि तिब्रता दिएको छ । यसैक्रममा शनिबार चितवनको भरतपुर महानगरपालिका - २२ वडामा एक दिने मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ ।


उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक संघिय सभाका सदस्य तथा संचार बिभाग प्रमुख जीवन मंगोलले प्रशिक्षण दिनुभएको हो । भरतपुरका स्थानिय बासिन्दा शेरबहादुर बरामको पहलमा भएको कार्यक्रममा संघिय सदस्यहरु पुर्खा राम प्रजा र वीरबहादुर तामाङ सहितको उपस्थिति रहेको थियो ।


प्रमुख प्रशिक्षक जीवन मंगोलको प्रशिक्षण पछि कुमार गुरुङको संयोजकमा भरतपुर महानगरपालिका - २२ मा ९ सदस्यीय टोल सभा गठन गरिएको छ ।