नेपालको पहिलो बाल एरेन्जर सबि साजन राई - MONGOL KHABAR

Breaking

नेपालको पहिलो बाल एरेन्जर सबि साजन राई

काठमाण्डौ । कार्तिक २१ शुक्रबार, ७ बर्षको कलिलो उमेरमै पहिलो गीत रेकर्डिङ गराई साङ्गीतिक यात्रामा पाइला सारेका बाल गायक सबि साजन राईले हाल सम्म पाँच ओटा गीत रेकर्डिङ गराउन सफल भएका छन । 


बाल गायक सबि साजनले गुरु सुरेन्द्र राई संग सङ्गीतको औपचारिक ज्ञान लिई पछिल्लो समयमा आफै गीत एरेन्जमा ब्यस्त छन । पास्चत्य शैलीको गीतलाई बढी मन पराउने सबि साजनको बानी छ ।

टप सिङ्गर ALAN WALKER, MARSHMELLO, CELINE DIONE र DJ SNAKE. को आफुलाई ठूलो फ्यान रहेको बताउने उनले, Western Music लाई हुबहु गाउन सक्ने साथै Western Music लाई हुबहु एरेन्ज गर्न सक्ने सबि साजनको दाबी छ ।

बाल गायक सबि साजन आफू Classical Music को Student भए पनि Western Pattern कै गीत सङ्गीतमा आफ्नो गहिरो मोह रहेको बताउनु हुन्छ । सङ्गीत एउटा अथाह महासागर भएकोले यसको बुझ्ने मापदण्ड नभएको कारण दिन प्रति दिन झन झन नयाँ खोज अनुसन्धान गर्न जरुरी छ भन्नुहुन्छ ।

जे होस छोटो समय मै कलिलो उमेरमै नेपालको पहिलो कान्छो बाल एरेन्जर बन्न सफल हुनु भएकोमा लेम्चोङ्बुङ परिवारले बधाई शुभकामना दिएर खुशि व्यक्त गर्दछ्न । सबि साजन राईलाई साङ्गितिक यात्राको कामना पनि गर्दछ ।