तिहार र छठपछि कडा निषेधाज्ञा गर्न गत कात्तिक २६ गतेकाे कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई उपत्यका मेयर फोरमले आग्रह गर्‍याे - MONGOL KHABAR

Breaking

तिहार र छठपछि कडा निषेधाज्ञा गर्न गत कात्तिक २६ गतेकाे कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई उपत्यका मेयर फोरमले आग्रह गर्‍याे

दिपेश श्रेष्ठ 

काठमाडौं उपत्यकामा तिहार र छठपछि कडा निषेधाज्ञा गर्न गत कात्तिक २६ गतेकाे कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई उपत्यका मेयर फोरमले आग्रह गर्‍याे ।

नेपालीहरूकाे दाेश्राे ठुलाे चाड तिहार सकिएकाे छ भने मंसिर ५ गते छठ पर्व पनि सम्पन्न हुन्छ । कात्तिक २६ गतेकाे छलफलकाे विषयलाई  लिएर चाडपर्व सकिएसँगै काठमाडाैं उपत्यकामा लड डाउन हुने चर्चा चलिरहेकाे छ  ।


के भयकाे थियाे कात्तिक २६ काे छलफल मा ?


गत कात्तिक २६ गतेकाे कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) छलफलमा काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दरलाई नियन्त्रणमा लिनका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको बताइएको छ।


छलफलमा उपत्यकाका मेयरहरूले छठ सकिएलगत्तै उपत्यकामा कम्तिमा १५ दिन कडा लक डाउन गरेर कोरोना संक्रमणको नियन्त्रणकाे अवस्था हेर्नुपर्ने सुझाव दिएका थिए ।

उपत्यकामा संक्रमण बढिरहेको अवस्थामा कम्तिमा १५ दिन कडा लकडाउन गर्न मेयरहरुले सुझाव दिएकाे बताइएकाे छ ।


छलफलमा सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाली सेनाका प्रतिनिधि उपस्थित थिए ।


गृहमन्त्री रामबहादुर थापा लक डाउन गर्नेबारे केही सकारात्मक छलफल देखिएपनि सरकार पर्ख र हेरकाे स्थितिमा रहेकाे भन्दै याेजना बनाएर अघि बढ्नुपर्नेबारे छलफल भएकाे बताइएकाे थियाे ।