नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला ईन्चार्ज बुटवलबाट पक्राउ - MONGOL KHABAR

Breaking

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला ईन्चार्ज बुटवलबाट पक्राउ

टोप कामु मगर

पाल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह सहित २ जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ ।


बिहीबार सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठौरले नवलपुर टुडेलाई जानकारी दिए ।


पक्राउ परेका व्यक्तिहरुसँग विस्फोटक पदार्थ र पार्टीको दस्तावेज समेत बरामद गरिएको राठौरले जानकारी दिए ।

विशेष सुराकीको आधारमा बुटवल ७ दिपनगर स्थित निशान भन्ने निर बहादुर विक बस्दै आएको कोठामा उनिहरु आएको थाहा पाए पछि प्रहरी टोलीले खानतलासी गर्दा पक्राउ गरेको हो ।


पक्राउ गरिएका सिंह र आले विरुद्ध विष्फोटक पदार्थ शिर्षकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ उपदफा ६ बमोजिम जिल्ला अदालत रुपन्देहीबाट अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले उनिहरुलाई बिस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जनाएको छ । हाल उनिहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।