महोत्तरीमा मंगोलवाद लगातार प्रशिक्षण, वडा सभा गठन - MONGOL KHABAR

Breaking

महोत्तरीमा मंगोलवाद लगातार प्रशिक्षण, वडा सभा गठन

कार्तिक २२, महाेत्तरी, बिगत लामाे समय देखि नेपालमा रहेकाे मंगाेलहरुकाे हकहित र उनिहरुकाे पक्षमा बाेल्दै कार्यक्रमहरु गर्दै आइरहेकाे मंगाेल नेशनल अर्गनाइजेशन - डा: गाेपाल गुरुङ संगठनले बर्दिवास न/पा ११ मा पनि अाफ्नाे संगठनकाे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रमकाे संयाेजकत्व अर्विन गाेलेले गर्नु भएकाे थियाे भने, प्रमुख अतिथि उक्त संगठनकाे केन्द्रीय सदस्य जीवन मंगाेल रहनु भएकाे थियाे ।

यसै गरि सभाध्यक्ष कर्ण बहादुर बंजन तथा अतिथि अार्यन राई अातिथ्यमा लालबन्दि न/पा ८ मा पनि वडा सभा गठन गरिएकाे जानकारी प्राप्त भएकाे छ ।

उक्त वडासभा धिरज वाइबाकाे अध्यक्ष्यतामा ९ सदस्यीय वडा सभा गठन गरिएकाे जानकारी प्राप्त भएकाे छ ।