डा: गोपाल गुरुङको ८२ औं जन्मजयन्तीको अवसरमा जीवन मंगोलको सन्देश - MONGOL KHABAR

Breaking

डा: गोपाल गुरुङको ८२ औं जन्मजयन्तीको अवसरमा जीवन मंगोलको सन्देश

काठमाडौ । "पहिलो र एक्लो गोपाल गुरुङ" हिन्दु राष्ट्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । राजतन्त्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रलाई चुनौती दिएर लड्ने, २० प्रतिशत आर्यको राजा भएर नबस्न चेतावनी सहित सुझाब दिने पहिलो र एक्लो गोपाल गुरुङ । 


लोकतन्त्र, धर्मनिरपेक्ष र संघियताको निम्ति जेल पर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। जात भन्ने हिन्दुमा मात्र हुन्छ, मंगोलमा हुदैन, भनि चेतना छर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्रीले मंगोललाई फुटाएर राज्य गरेको खुलासा गरि पुस्तक लेख्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
फाइल तस्बिर 

बाहुन क्षेत्री अल्प–संख्यक रहेको प्रस्ट्याउने मंगोल मूलबासीहरु बहु–संख्यक किटान गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्री बिदेशी हुन् भनि खुट्याउन सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा हिन्दुवादको आधुनिक भर्सन बाहुनबाद छ, भनेर ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ । हिन्दु धर्म होइन बाद हो भन्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा वर्णभेद छ भनेर प्रस्ट्याउने पहिलो र एक्लो गोपाल गुरुङ ।

नेपालमा मानव अधिकार छैन भनि मानव अधिकारको निम्ति, लड्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा दुइ ओटा रेसका मानव बंश छन् भनि मानव शास्त्रीय खोज अनुसन्धान गर्ने र स्पस्ट र ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ । संसारमा ३ रेसको मानव बंश उत्पति भएको छ भनि ठोकुवा गरि, मानवशास्त्रीय चिन्तनमा समेत प्रस्ट विचार अघि सार्ने
पहिलो र एक्लो गोपाल गुरुङ ।।
फाइल तस्बिर 

दुनियालाई मन्त्री बनाउने आफु चाहीँ पर्दा पछाडि बस्ने पहिलो र एक्लो गोपाल गुरुङ । सधै अरुको भलाइ चाहने गोपाल गुरुङ सधै आफ्नो समस्यालाई दबाएर अरुको समस्यालाई बुझ्ने गोपाल गुरुङ अन्तत्वगत्वा एक सरो कपडा बाहेक र एक मुठी प्राण बाहेक न सम्पति थियो न घर नै थियो, थियो त गोपाल गुरुङको बिचारको आफन्त थियो ।

त्यो पनि पहिलो र एक्लो गोपाल गुरुङ उहाँ मरेर जादा केहि लगेर जानु भएन, उहाँले मरेर जादा सबथोक दिएर जानु भयो । सबै चिजको बन्दोबस्त गरि जानु भयो । अब त भौतिक शरीर पनि बिलिन भयो, अब त कंकाल मात्र बाँकी होला । तर उहाँको अधुरा अपुरो सपना जीवित भएर बाचेका छन्, । उहाँको बिचारहरु जीवित छन् हाम्रो हृदयमा मुटु बनि बसेका छन । उहाँ पहिलो र एक्लो न्याय प्रेमी, शान्तिप्रेमी बुद्ध जस्तै सत्यबादी गोपाल गुरुङ ! !

डाक्टर गोपाल गुरुङको ८२ औं जन्म जयन्तीको अनगिन्ती शुभकामना जय मंगोल