ज्यानमारा ट्रकले कलंकीमा १ जनाकाे ज्यान लियाे - MONGOL KHABAR

Breaking

ज्यानमारा ट्रकले कलंकीमा १ जनाकाे ज्यान लियाे

दिपेश श्रेष्ठ 

काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको छ ।

घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पुर्याएको ट्राफिक प्रहरी महाशाखाका प्रमखु एसएसपी जनक भट्टराईले नवलपुर टुडेलाई फाेनमार्फत जानकारी दिए ।