चितवन । मंसिर २७ शुक्रबार, देशब्यापी संगठन बिस्तार अभियान र प्रशिक्षण चलाईरहेका मंगोल नेशनल अर्गनाइजेशन -डा. गोपाल गुरुङ सगठनले बिगत एक बर्ष देखि चितवन जिल्लामा आफ्नो अभियान सक्रियताको साथ अगाडि बढाएको छ ।
यहि अभियानलाई निरन्तरता दिदै शुक्रबार चितवनको कालिका नगरपालिका -७ मा बिहान ८ बजे देखि १ बजे सम्म र राप्ती नगरपालिका -१५ मा दिउँसो १ बजे देखि ४ बजे सम्म एकै दिन दुईवटा मंगोलवाद प्रशिक्षण कार्यक्रम चितवनमा सम्पन्न गरेको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा संघिय सभा सदस्य पुर्खा राम प्रजा र वीर बहादुर तामाङले प्रशिक्षण दिएका थिए । पछिल्लो समयमा गृह जिल्ला चितवनमा रहेर मंगोलवाद प्रशिक्षण र संगठन बिस्तारको क्रममा लागेको संघिय सदस्य प्रजाले मंंगोल खबरलाई जानकारी दिएको छ ।