हामी गुमेका अस्तित्व र स्वतन्त्र प्राप्तिको बैचारिक लडाइँको मैदानमा होमिदा, नक्कलीको भ्रम फैलाउनेलाई जीवन मंगोलको खुल्ला चुनौती - MONGOL KHABAR

Breaking

हामी गुमेका अस्तित्व र स्वतन्त्र प्राप्तिको बैचारिक लडाइँको मैदानमा होमिदा, नक्कलीको भ्रम फैलाउनेलाई जीवन मंगोलको खुल्ला चुनौती

काठमाडौ । मंसिर ३० सोमबार, नक्कली र सक्कलीको भ्रम फैलाएर बस्नेहरु ग्याल्जेन दोर्जेको पक्षमा माहोल बनाए पछि अप्रत्यक्ष र प्रत्यक्ष लाभ लिन त पर्दो रहेछ । ग्याल्जेनको बिपक्षमा वकालत गर्ने धेरै साथिहरुले हाम्रो बिरोध गरेको पाइयो । नक्कली हुन, इलिगल हुन भनेर भ्रम छर्नु भन्दा आफ्नो काम गरौ । हामीले बहस गर्दा सक्कली नक्कलीको कुरा गर्न खासै उचित लाग्दैन । समग्र मंगोलहितको कुरा गर्छौ । डा.गोपाल गुरुङको आवाजलाई सशक्त उठान गर्छौ । 


हामिलाई अबैधानिक "हाम्रो कारण यिनिहरु बचेका हुन" भन्दै दुश्प्रचार गर्ने जो कोहि संबन्धित पक्षलाई मेरो खुल्ला चुनौती छ । हामीलाई कसैको पहरा चाहिन्न हामी खुल्ला आकाश मुनि खुल्ला मैदानमा छौ । हामी स्वाभिमानको आन्दोलन निर्माण गरिरहेका छौ कुनै दलाल गर्न होइन । कसैको निगाहा, दया माया पाउन आन्दोलित भएका होइन । गुमेका अस्तित्व प्राप्त गर्न र स्वतन्त्र मुक्तिको लागि हो ।

सक्नु हुन्छ, चुनौती सामाना गर्न आउनुस सक्नु हुन्न छुरा हान्ने कोशिस नगर्नुस । ग्याल्जेन हाम्रो खाँटी कार्यकर्ता हुन जसले खोक्रो आदर्श भन्दा ब्यबहारिक क्रान्ति गर्न चाहन्छन । र त्यही क्रान्तिको लागि ग्याल्जेनले हिम्मतको साथ गीतसंगितको माध्यमबाट कथाले मागेको ती चुनौतीपुर्ण काम गरेको हो ।


ग्याल्जेन अशिक्षित थिएन र होइन । उसलाई कानुनको ज्ञान राम्रो थाह थियो । तर हुदा हुँदै पनि आज सम्म पिजडामा रहेका तमाम मंगोल मुक्तिको लागि उ मरेर भए पनि मुक्तिको लागि पिजडामा रहेका आफ्नो मंगोल सन्तानलाई दमनशोषण, बिभेदकारी निति र बर्णभेदको जालोमा रहेकालाई शिक्षा दिदै गाउँ देखि शहरका मुलबासीलाई मुक्त गर्न चहान्छ ।

ग्याल्जेन यस्तो ब्यक्ति हो । उसलाई दबाएर दबिएर बस्ने ब्यक्ति होइन । उ साहसको साथ अगाडि बढ्छ र क्रान्ति सफल पार्ने अठोट लिन्छ । आज ग्याल्जेन एक्लो पनि छैन । ग्याल्जेन जस्तो हजारौंको संख्याका ग्याल्जेन खुल्ला आकाशमुनिको मैदानमा उत्रिसकेका छन । सक्कली र नक्कलीको भ्रम फैलाएर युगपुरुष डा. गोपाल गुरुङको सहि सिद्धान्तलाई बाहुनबादी निति संग बेचेर आफ्नो पेट पाल्ने चेष्टा नगर्नुस ।

एकाइशौं शताब्दीमा कोही पनि अबुझ छैन । को गोपाल गुरुङको सिद्धान्तमा निडर, साहासिक र सैद्धान्तिक र बैचारिक क्रान्तिमा देशब्यापी रुपमा अगाडि बढेका छन । कसले देशको स्वाभिमान, स्वाधिनता, भ्रष्टाचार, नरसंहार हत्या, बलात्कार र मंहगी जस्ताको बुलन्द आवाज उठाई रहेका छन । कोठाभित्र बसेर नक्कलीको आरोप लगाएर भ्रम फैलाउने गद्दार कुम्भकर्ण नेताको कार्यकर्ताले बुझेर दिन प्रतिदिन संगठानिक भएर हामी संगको भेटघाट र बहस पछि मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनमा आबद्ध हुने क्रम निरन्तर बढिरहेको छ ।