पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा - MONGOL KHABAR

Breaking

पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा

काठमाडौं । मंसिर २८ आइतबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा राखिएको छ ।


विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना काण्डमा आरोपित बस्न्यातलाई विशेष अदालतको आदेश अनुसार पूर्पक्षका लागि थुनामा राखिएको हो । सो काण्डमा आरोपित उनीलगायत धेरैजनाका विरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ ।