प्रबास सभा कतारको मासिक बैठक शुक्रबार दोहामा सम्पन्न - MONGOL KHABAR

Breaking

प्रबास सभा कतारको मासिक बैठक शुक्रबार दोहामा सम्पन्न

काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ प्रबास सभा कतारको मासिक बैठक शुक्रबार कतारको दोहामा सम्पन्न भएको छ ।


२०७७/०८/०५ गते शुक्रबार प्रबास सभा कतारको प्रथम ऐतिहासिक अधिबेशनले कुमार क्याप्छाकी मगरको अध्यक्षमा नयाँ कार्यसमिती गठन भएको थियो । उक्त अधिबेशन पश्चात २०७७/०९/०३ गते शुक्रवार बसेको मासिक भेलाले संगठनको भाबी रणनीति, प्रबास सभाले संगठनमा खेल्नु पर्ने भुमिका र नयाँ सदस्य बढाउने जस्ता बिबिध बिषयमा बृहत छलफल भएको कतारबाट राज कुमार चाम्लिङले मंगोल खबरलाई जानकारी दिनु भएको छ ।

उक्त बैठकमा संगठनमा प्रबेश नयाँ सदस्यहरुलाई सदस्यता कार्ड बितरण गरेको थियो । बैठक प्रबास सभा कतारका अध्यक्ष कुमार क्याप्छाकी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।