इलामको चुलाचुलीमा बिभिन्न पार्टी परित्यागगरि एमएनओ -डा.गोपाल गुरुङ संगठनमा प्रबेश - MONGOL KHABAR

Breaking

इलामको चुलाचुलीमा बिभिन्न पार्टी परित्यागगरि एमएनओ -डा.गोपाल गुरुङ संगठनमा प्रबेश

इलाम । मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले इलामको चुलाचुली गाउँपालिका -४ मा मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ ।


प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी संगठनमा आबद्ध रहेका मुलबासी मंगोलहरुको सहभागीता रहेको थियो । प्रशिक्षण कार्यक्रम पश्चात् विभिन्न पार्टी परित्याग गरि एमएनओ -डा.गोपाल गुरुङ संगठनमा प्रबेश गरेको छ । नवप्रबेश सदस्यहरुले सदस्यता कार्ड सहित लिएको खबर प्राप्त भएको छ ।


प्रशिक्षण झापा स्थित दमकनगर सभाका अध्यक्ष निलम मगरले दिएको थियो । नब प्रबेश सदस्यहरुले मंगोलवाद प्रशिक्षण ढिलै भएपनि लिन पाउँदा शताब्दीऔं देखि मुलबासी मंगोललाई दमन, शोषण, बर्णभेद नितिले आँखा बन्द गरेर राखेको रहेछ भन्ने प्रष्ट बुझिएको बताए । अब मंगोलवादको निम्ति एकभैइ सोही गाउँपालिकामा अपौचारिक रुपमा गाउँपालिका सभा गठन गर्ने बताए ।


कार्यक्रम प्रबास सभा मलेसियाका सहसचिब भिम कुमार राईको पहलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १९ जना संगठनमा प्रबेश गरेको छ ।