नवलपुरमा दैनिक मंगोलवाद प्रशिक्षण तथा संगठन बिस्तार - MONGOL KHABAR

Breaking

नवलपुरमा दैनिक मंगोलवाद प्रशिक्षण तथा संगठन बिस्तार

दिपेश श्रेष्ठ 

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिकामा मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ । पछिल्लो समय देशको विभिन्न जिल्लामा आफ्नो संगठन बिस्तार र प्रशिक्षण गरिरहेका मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले नवलपुर जिल्लालाई पनि तिब्रता दिएको छ ।


उक्त प्रशिक्षण कार्यक्रममा संघिय संयोजक वीरलाल वालाहाङ प्रमुख अतिथी रहनुभएको थियो भने विशेष अतिथी संघिय संचार प्रमुख जीवन मंगोलले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सुनसरी नारी सभाका अध्यक्ष अमृता राई र बागमती युबा सभाका प्रमुख मन्दिरा मोक्तानले मन्तव्य राख्नु भएको थियो । त्यसैगरी स्थानिय नवसाहित्यकार तथा संगितप्रेमी तिलु खोजेली मंगरले पनि आफ्नो भनाई राखेका थिए ।

कार्यक्रम जिल्ला सभाका सचिब लगायत जिल्ला सदस्यहरु र गैंडाकोट नगरपालिकाका स्थानिय समाजसेवी र विभिन्न संघसस्थामा आबद्ध ब्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

देश ब्यापी मुलबासी मंगोल अभियान संचालनको क्रममा जिल्ला सभा नवलपुरको आयोजनामा शुक्रबार मात्रै बिनय त्रिबेणी गाउँपालिकामा पनि प्रशिक्षण तथा नारी सभा सम्पन्न गरेको थियो ।


कार्यक्रम बमु मगर, कुमार थापा मगर र जगत ठाडा मगरको पहलमा गैडाकोट नगरपालिका स्थित द फ्यामिली कटेजको सभा हलमा नवलपुर जिल्ला सभाका अध्यक्ष चित्रबहादुर घर्ती मगरको सभापतित्व र नवलपुर टुडेका प्रबन्धक निर्देशक जगत ठाडा मगरको संचालनमा सम्पन्न भएको थियो ।