प्रबासमा रहेका चुलाचुली बासीले एमएनओ -डा.गोपल गुरुङ संगठन समन्वय समिती गठन गर्यो - MONGOL KHABAR

Breaking

प्रबासमा रहेका चुलाचुली बासीले एमएनओ -डा.गोपल गुरुङ संगठन समन्वय समिती गठन गर्यो

काठमाडौ । इलामको चुलाचुली गाउँपालिका अन्तर्गतका विभिन्न मुलुकमा कार्यरत रहनुभएका मंगोल युबाहरुले मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ इलाम चुलाचुली समन्वय समिती गठन गरेको छ ।

यसइलाम चुलाचुली समन्वय समितीद्वारा प्रबासको विभिन्न मुलुकमा श्रम, व्यापार ब्यबसाय गरिरहनु भएका मंगोल युबाहरुले शताब्दी देखि बर्णभेद नीति बिरुद्ध दमनमा परेका मुलबासी मंगोलहरुको हकअधिकारको निम्ति र इलामको चुलाचुली गाउँपालिकालाई मंगोलमय बनाउने उदेश्यले समिती आइतबार गठन गरेको हो ।

प्रबासमा रहेका चुलाचुली इलाम बासीले अनलाईन इन्टरनेटको माध्यमबाट चुलाचुली इलाम प्रवास समिती गठन गरेको छ । समितिमा निम्न पदाधिकारीहरुलाई चयन गरिएको छ ।


पदाधिकारीहरुको नाम निम्नअनुसार रहेको छ । अध्यक्ष नर्भु तामाङ्ग - कुबेत, उपाध्यक्ष अमर गजमेर - मलेसिया, सचिब सुभाष थुलुङ - भारतबाट सहसचिब तेज लिम्बु - UAE, प्रसारप्रचार-बिभाग प्रमुख - रिना चाम्लिङ्ग KSA, सह-प्रसारप्रचार बिभाग - देउमान आङदेम्बे - UAE, कोषाध्यक्ष नेपालबाट - रोसनी साम्बा, सहकोषाध्यक्ष डिल्ली चाम्लिङ्ग - कोरिया, सदस्यहरु, लक्ष्मि दुमि राई - इराक, सान्ता योन्जन- KSA, बाल कुमार राई - मलेसिया, दल बहादुर गजमेर- मलेसिया, बिजय राई - कोरिया भिम कुमार राई- मलेसिया, देव कुमार दुमि राई KSA र संयोजक बिष्णु साम्बा- मलेसिया रहेको छ भने सल्लाहकारमा जीवन रुन्छेनबुङ्ग बान्तावा- KSA लाई चयन गरिएको छ ।

यस समितिको उदेश्य, प्रबासबाट चुलाचुलीको मंगोल समुदायलाई कसरी ब्युँझाउने, आफ्नो मंगोल अस्तित्व खोज्ने र गाउँ गाउँमा मंगोल अभियान चलाउने, संगठनलाई आर्थिक रुपमा कसरी सहयोग गर्न सकिन्छ भन्ने र सकेको सहयोग गर्ने, चुलाचुली गाउँपालिकामा सभा गठन गर्दै जादा प्रबासमा रहेका मंगोल युबाहरुले अहम भुमिका निर्बाह गर्ने र नैतिक, आर्थिक, भौतिक सहयोग गर्ने, संगठन बिस्तारको क्रममा पदाधिकारी सदस्यहरुले खस आर्य समुदायकालाई सदस्य निषेध गरि एकअर्कामा उठ्दा जुट्दा र छुट्टिदा जय मंगोलले सम्बोधन अनिबार्य रुपमा गर्ने हो ।

समिती गठन आधिकारिक रुपमा नभएता पनि संघिय सदस्यहरुलाई जानकारी गराई, सो समितिका सदस्यहरुले संगठनलाई हानी पुर्याउने गतिविधि गरे कार्बाही गरिने छ । समितिमा रहेका सदस्यहरुलाई विभिन्न काल खण्डमा भैपरी परेमा एक ढिक्का भएर संगठनलाई साथ सहयोग गर्ने प्रतिबद्धता जनाउने छ । साथै यससमितिद्वारा संघिय संगठनलाई धेरै भन्दा धेरै सहयोग पुग्ने आपेक्षाको साथ कार्य सफलताको शुभकामना समेत केन्द्रबाट आएको समेत जानकारी गराएको छ । साथै नव पदाधिकारीलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना सहित प्रबास सभाका सहसचिब भिम कुमार राईले व्यक्त गरेका छन ।

नोट :- समिती गठनको विभिन्न आधिकारिक अनलाईन मिडियाबाट समाचार प्रचारप्रसार हुने जानकारी पनि गराउद छ ।