धरान । मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठनका सर्बोच्च सभाका बैठक शुरु भएको छ । बैठक एक नम्बर प्रदेशको सुन्दरीनगर धरान, सुनसरी जिल्ला सभाका कार्यालयमा सुरु भएको हो ।
बैठक आज बिहानै ८ बजे बोलाएको थियो । यसै बिचमा आज युग पुरुष डा: गोपाल गुरुङको ८२ जन्मदिन, डिसेम्बर 7 अर्थात मंसिर २२ मा सुनसरी जिल्ला सभाले आयोजना गरेको गोपाल गुरुङको जन्मदिनको कार्यक्रममा सर्बोच्च सदस्यहरु सहभागी हुदा सर्बोच्च सभाका बैठक ढिलो भएको हो ।
बैठकमा सर्बोच्च सभाका नेताहरु सहभागी रहेको छ । बैठक संगठनका संयोजक वीरलाल वालाहाङ राईले अध्यक्षता गरिरहेको छ । बैठकमा सर्बोच्च सभाका सदस्यहरु आठै जना सहभागी छन ।
आजको सर्बोच्च सभाको बैठकबाट देश बिदेशका मुलबासी मंगोल समर्थक, शुभचिन्तक र नेताकार्यकर्ताहरुलाई खुशि र जागुरुप्ता हुने नीति नियम ल्याउने आशा गरेको छ ।