मुलबासी प्रशिक्षण तथा आर्थिक सभाको समिक्षा बैठक सम्पन्न - MONGOL KHABAR

Breaking

मुलबासी प्रशिक्षण तथा आर्थिक सभाको समिक्षा बैठक सम्पन्न

काठमाडौ । मुलबासी प्रशिक्षण तथा आर्थिक सभाको समिक्षा बैठक ६ पहिना पछि whatsapp application group बाट सम्पन्न भएको छ ।


राज दर्लामीको अध्यक्षतामा बसेको बैठकले विविध बिषयमा छलफल गरि हाल सम्मको आर्थिक संकलन र बचतको लेखाजोखा भएको बताएका छन । सभाले लोकतन्त्र, धर्मनिर्पेक्षता र प्रान्तीय सरकार स्थापित गर्ने मुख्य उदेश्य र मुलबासीहरुको हकअधिकारका लागि नेपालमा देशब्यापी प्रशिक्षण गरिरहेको मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनलाई आर्थिक सहयोग गरिरहेको छ ।

यस सभाले प्रबासमा आर्थिक संकलन गरि नेपालको विभिन्न जिल्लामा भैईरहेको मंगोलवाद प्रशिक्षणमा सक्दो सहयोग गरिरहेको छ । प्रशिक्षण तथा आर्थिक सभा गठन गरि अहिले सम्म सभाले रु. १३८,४४२/-( अक्षेरुपी एक लाख अड्तिस हजार चार सय बयालिस रुपियाँ संकलन गरेको छ । जसमा हाल सम्म ६००००/- ( साठी ) हजार सहयोग खर्च भुक्तानी गरिसकेको छ भने । हाल यस सभाको खातामा ७८४४२/- ( अक्षरुपी अट्ठहत्तर हजार चार सय बयालिस रुपियाँ जम्मा रहेको आर्थिक सभाले जनाएको छ ।

त्यसैगरी यस मुलबासी प्रशिक्षण तथा आर्थिक सभाको समीक्षा बैठकले पुरानो कार्यसमिती भंग गरि नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा संयोजकमा डम्बर राई / मलेसिया, अध्यक्ष : थुलुङ्ग सोमा हाङ्ग खम्बु ( सोमा) कतार, सचिव : कुमार क्याप्छाकी मगर / कतार, सह.सचिब : सोनराज चाम्लिङ (RkR) / कतार, प्रचारप्रसार : सम्झना थिङ (सुकुमाया) /भारत, प्रचारप्रसार : अनिल थापा मगर /कतार, प्रचारप्रसार : चित्र वाम्बुले / मलेसिया, कोष.अध्यक्ष : नर बहादुर दर्लामी मगर (बर्णबास) / नेपाललाई चयन गरेको छ ।

सभाले सल्लाहकार मा संघिय सभाका जीवन मंगोल /नेपाल, प्रवास सभा मलेसियाका अध्यक्ष जिबि गुरुङ, पुर्ब कोषअध्यक्ष सन्तोष ठान्टी मंगोल, प्रवास सभा UK राजेन्द्र बुढा मगर, र युवा सभाका प्रमुख युवा नेता अमित याक्खालाई राखिएको छ ।

सभाले संरक्षणमा प्रवास सभा कतारबाट राज कुमार राई, कान्छा राम स्याङ्तान र प्रवास सभा मलेसियाबाट सनम राई संरक्षण सदस्यमा राख्नु भएको छ ।