पाल्पामा शृङ्खलाबद्ध चोरी, पुर्बखोलाको हेक्लाङ र देबिनगरमा चोरी - MONGOL KHABAR

Breaking

पाल्पामा शृङ्खलाबद्ध चोरी, पुर्बखोलाको हेक्लाङ र देबिनगरमा चोरी

टोप कामु मगर

पाल्पा । पाल्पाका विभिन्न स्थानमा योजनाबद्ध तरिकाले चोरीका घटना हुन थालेका छन । गत पौष ११ गते शनिबार राती पुर्वखोला-६, हेक्लाङका विभिन्न स्थानमा घर तथा पसल फोरेर धनमाल चोरी भएको छ । खुमडाँडाका भद्र बहादुर पुलामीको होटेलबाट रु.१५ हजार नगद,सालबासका सञ्ची सरा वि.क.को घरबाट रु. २ हजार, टेक बहादुर गाहा मगरको घरबाट रु.५० हजार ट्राभल्सको टिकट र नागरिकता समेत, पूर्ण बहादुर फालको होटेलबाट नगद पाँच सय र खाद्य सामाग्री,चेत बहादुर फाल मगरको किराना पसलबाट एक तोला सुनको अौंठी नगद छ हजार र पेन्सन पट्टालगायतका कागजात, भञ्ज्याङ्थोकका भरत सिंजालीको पोखराथोकमा रहेको स्टेशनरी पसलबाट रु.१६ हजार नगद, टेलरिङ्ग पसलबाट रु.तीन हजार नगद चोरी भएको ताहुँ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक शिव कुमार यादवले मंगोल खबरलाई बताउनुभएको छ ।

यसबाहेक धेरै जनाको घर तथा पसलका ढोकाहरु फोरिएको तर चोरी नभएको,ढोका फोर्ने प्रयास गरिएको अवस्थामा भेटिएका छन । त्यस्तै सोही रात पूर्वखाेला-४, देवीनगरकाे बजार क्षेत्र र माथिल्लो लेमधेममा पनि चाेरी भएको छ । जनजागृति स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाकाे कार्यालय फाेरेर नगद १ हजार ४ सय, सन्ताेष लम्काह मगरकाे पसलबाट नगद १५ हजार र १० हजार बराबरको सामान, भगवती रानाको २ ताेला सुन तथा नगद १५ हजार, छविलाल सिँजाली, टीका सिँजाली, मान बहादुरकवर मगर, टिकुमाया कवर मगर, सूर्य सिँजाली मगर, दिपेन्द्र श्रेष्ठ लगायतका १५ वटा घर - पसल फाेरेर २ लाख ५० हजार बराबरको सुन तथा नगद चाेरी भएको प्रहरी कार्यालय पूर्वखोलाले जनाएको छ ।

कसले कति खेर चाेरी गरेको थाहा नपाएको र बिहानपख मात्र ढोका खुल्ला देखेर घर भित्रकाे सामान हेर्दा नभेटिएकाले चाेरी भएको थाहा भएको स्थानियले बताएका छन । चाेरी भएको सुचना पाउना साथ पुर्वखाेला प्रहरी चाैकीबाट प्रहरी घटनास्थलमा पुगि अनुसन्धान भैइरहेको बताए । चाेरी गर्ने जोसुकै भएपनि सुक्ष्म तरिकाबाट अनुसन्धान गरि कारबाही गरिने वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले माग गरेको छ ।

त्यसैगरी पाल्पा रामपुरमा पनि छोरी भएको शृङ्खलाबद्ध चोरी भएको बताएका छन । यसअघि पाल्पाकै बराङ्दी क्षेत्रमा पनि चोरी भएको समाचार आएको थियोे । दैनिक चोरको बिगबिगी बढे पछि पाल्पाका स्थानीयहरुमा त्रास बढेको छ ।