भरतपुर -२१ मा एमएनओ -डा.गोपाल गुरुङको टोल सभा गठन - MONGOL KHABAR

Breaking

भरतपुर -२१ मा एमएनओ -डा.गोपाल गुरुङको टोल सभा गठन

पुर्खाराम प्रजा

चितवन । मुलबासी मंगोलको अस्तित्व र हकअधिकारको निम्ति देशै भर आफ्नो संगठन बिस्तार र प्रशिक्षण गरिरहेको मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले शनिबार चितवनको भरतपुर महानगरपालिका -२१ पार्बतीपुरमा टोल सभा गठन गरेको छ ।

संगठनका संघिय संचार बिभाग प्रमुख जीवन मंगोल प्रमुख प्रशिक्षक रहेको थियो । प्रशिक्षण पश्चात् उक्त स्थानमा टोल सभा गठन गरेको हो । प्रशिक्षण कार्यक्रममा संघिय सदस्य पुर्खाराम प्रजा सहित उपस्थिति रहेको थियो ।


पछिल्लो समय चितवनको बिभिन्न स्थानमा मंगोलवाद प्रशिक्षण र सभा गठन गर्दै आएको छ । शनिबार पनि उक्त स्थानमा छबिलाल तामाङको संयोजकमा टोल सभा गठन गरेको छ ।