कक्षा १२ को परीक्षाको नतिजा आज सम्म सार्वजनिक हुने - MONGOL KHABAR

Breaking

कक्षा १२ को परीक्षाको नतिजा आज सम्म सार्वजनिक हुने

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आईतबार सम्ममा प्रकाशन गर्ने भएको छ । 


स्रोतका अनुसार नतिजा सार्वजनिक गर्ने सम्पूर्ण तयारी लगभग सबै सकेको जानकारी दिएको छ । यसअघि, पुस १५ गते भित्र नतिजा प्रकाशन गर्ने भनिएकोमा अधिकांश विद्यालयहरुले परीक्षार्थीहरुको सिम्बोल नम्बरको क्रम अनुसार विवरण नपठाइ दिँदा केही ढिला हुन गएको थियो । 


बिद्यार्थीको सिम्बोल नम्बर सिरियली नभएकोले गर्दा कम्प्यूटरमा ईन्ट्रि गर्न नसकेका कारण माघको पहिलो सातामा पनि नतिजा प्रकाशन हुन सकेन । 


त्यसलाई मिलाउन अब केही काम मात्र बाँकी रहेको भन्दै बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्न केही दिन मात्र लाग्ने बताएको थियो । उक्त रोकिएको कक्षा १२ को नतिजा आइतबार साझा सम्म प्रकाशित हुने संभावना रहेको स्रोतले जनाएको छ ।