प्रबास सभा मलेसियाको नेतृत्वमा संकलन गरेको रकम चुलाचुली गाउँसभालाई हस्तान्तरण - MONGOL KHABAR

Breaking

प्रबास सभा मलेसियाको नेतृत्वमा संकलन गरेको रकम चुलाचुली गाउँसभालाई हस्तान्तरण

काठमाडौ । देशैभरी मुलबासी मंगोलको हकअधिकारको निम्ति आफ्नो अभियान निरन्तर संचालन गरि रहेका मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन इलाम जिल्लालाई प्रबास सभा मलेसियाले आर्थिक सहयोग गरेको छ । 


उक्त संगठनले आक्रमण रुपमा देशैभरी संगठन बिस्तार र मंगोलवादको प्रशिक्षण गर्दै आइरहेको छ । यसैक्रममा इलाम जिल्लालाई मंगोलमय बनाउनको लागि गत महिनामा संघिय सभा सदस्य बिक्रम लिम्बुको नेतृत्वमा हप्ता दिन लगातार प्रचारप्रसार र प्रशिक्षण गरेका थिए । प्रशिक्षण र संगठन बिस्तारलाई निरन्तरता दिदै, फाल्गुन १ गते चुलाचुली गाउँपालिकामा कार्यक्रम राखेको छ । 



उक्त कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न गर्नको लागि मलेसिया सभाको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि रु.५८३४४/- अक्षेरुपी अन्ठाउन्न हजार तीन सय चौवालिस सहयोग गरेका छन । उक्त रकम संकलन गरि सहयोग गर्नुहुने विशाल हृदय भएका मंगोल प्रेमी  सहयोगीदाताहरुको नामवली यसप्रकार रहेको छ ।



प्रवास सभा मलेसियाबाट इन्द्र वम्बुले मंगोल - RM-101/- (ओखलढुंगा) राज दर्लामी मंगोल - RM- 300/- (इलाम) अर्जुन राई मंगोल - RM- 50/-(ओखलढुंगा) काजी राई मंगोल - RM- 50/-(खोटाङ) संतोष ठान्टी मंगोल - RM- 50/-(दोलखा) आस गुरुङ मंगोल - RM- 50/- (गोर्खा) भोगेन याख्खा मंगोल - RM-100/- (झापा) प्रकास राई मंगोल - RM-100/- (खोटाङ) टपेन्द्र थामी मंगोल - RM- 50/--(दोलखा) चित्र वम्बुले- RM-100/- (ओखलढुंगा) शिव ब: थापा मंगोल- RM-100/- (धादिङ्ग) मनोज मग्रान्ती-RM- 50/-(उदयपुर) ताईवान तामाङ्ग मंगोल - RM- 100/-(मोरङ्) जिबि गुरुङ - RM- 300/- (पाचथर) र डम्बर राई मंगोल - Rm- 50/- (पाचथर) र बाल कुमार राई Rm-50/- सहयोग गर्नु भएको हो । 




त्यसैगरी UAE बाट दिनेश राई मंगोल( इलाम ) ले 100 दिराम सहयोग गर्नु भएको छ । नव गठित चुलाचुली समन्वय समिती प्रवासबाट नर्बु तामाङ मंगोल - रु-३,०००/- (कुबेत), सुबास थुलुङ्ग मंगोल - रु-३,०००/-(भारत), जीवन रुछेनबुङ्ग - रु- ३,०००/- (साउदी), तेज लिम्बू मंगोल- रु- २,०००/-(UAE), रिना चाम्लिङ- रु-१,०००/- (साउदी), अमर गजमेर मंगोल- रु-३,०००/- (मलेसिया), र बिस्णु साम्बा मंगोल- RM-100/-(मलेसिया), खड्क सुब्बा मंगोल- रु-२,०००/- (मलेसिया), प्रताब राई मंगोल- RM-110/- (मलेसिया), अनिल लिम्बू मंगोल- RM-100/-(मलेसिया), दल ब: गजमेर मंगोल- RM- 100/--(मलेसिया), सुभ चिन्तक राई -RM-100/- (मलेसिया) र भिम कुमार मंगोल RM-100/-(मलेसिया) ले सहयोग गर्नुभएको छ ।  



त्यसैगरी कार्यक्रमलाई साउण्ड सिष्टम र युग पुरुष डा.गोपाल गुरुङको फोटो झापा दमक नगर सभा प्रमुख निलम मंगोल र दमक नगर सभा टिमको तर्फबाट उपलब्ध गर्ने भएको छ भने, कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कलाकार भाईबहिनिहरुको लागि निहारिका इङलिस बोडिङ्ग स्कुल झापा केर्खाबाट ड्रेस उपलब्ध गराउनुभएको छ ।



उक्त आर्थिक सहयोग संकलन गर्न प्रबास सभा मलेसियाका अध्यक्ष जिबि गुरुङ, कोषाध्यक्ष इन्द्र मंगोल, सचिब राज दर्लामी मंगोल र सक्रिय  सदस्य डम्बर मंगोलको ठुलो भुमिका रहेको छ । वहाँहरु लगायत आर्थिक सहयोग गर्नुहुने सम्पुर्णलाई चुलाचुली गाउँपालिका सभा आयोजक टिमको तर्फबाट हार्दिक आभार प्रकट गरेको प्रबास सभा मलेसियाका सहसचिब भिम कुमार राई मंगोलले मंगोल खबरलाई जानकारी गराएको छ ।