बुटवल । अर्थमन्त्री विष्णु पौडेलले नेकपाको आधिकारिता र सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको नेकपाले पाउने बताएका छन् । शनिबार बुटवलमा भएको केपि ओली पक्षको सभामा बोल्दै पार्टीको आधिकारीता र सूर्य चुनाव चिन्ह बारे केही मानिसहरूले भ्रम छरेको बताए ।
ओली नेतृत्वको पार्टीमा ठूलो जनमत रहेको, जनताको साथ सँगै समर्थन रहेको र नेकपाको आधिकारिकताका लागि यो भन्दा ठूलो बैधानिकता केही नहुने समेत बताए । ओली समूहका महासचिवसमेत रहेका उनले सरकारले मुलुक समृद्धिको अभियानलाई सार्थक विन्दूमा पुर्याएको समेत दावी गरे ।
उनले सरकारले ऐतिहासिक महत्वको किर्तिमानी काम गरेको र मानवीय र भौतिक विकासको दृष्टिले इतिहासमा नभएको कितिर्मानी कामहरू ओली सरकारले गरेको बुटवलमा आयोजित जनसभामा बताए ।