भरतपुरको पतिहानीमा मंगोलवाद प्रशिक्षण सम्पन्न - MONGOL KHABAR

Breaking

भरतपुरको पतिहानीमा मंगोलवाद प्रशिक्षण सम्पन्न

चितवन सम्बादाता

चितवन । चितवनको भरतपुर महानगरपालिका -२२ पतिहानीमा एक दिने मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ । देशैभरी मंगोल मुक्तिको अभियान संचालन गरिरहेको मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले पछिल्लो समय चितवन जिल्लामा आक्रमण रुपमा प्रशिक्षण र संगठन बिस्तार गरिरहेको छ ।

उक्त प्रशिक्षण कार्यक्रमका प्रशिक्षण संघिय सभा सदस्यद्वय पुर्खा राम प्रजा र वीर बहादुर तामाङले संयुक्तरुपमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानीय मुलबासी मंगोलहरुको उपस्तिथि रहेको थियो ।


कार्यक्रम शेरबहादुर बरामको पहलमा संघिय सभा सदस्य पुर्खा राम प्रजा र वीर बहादुर तामाङको उपस्थितिमा सम्पन्न भएको थियो ।