अर्काको श्रीमती हडप्ने सुबास नेम्वाङ किन परिवारवादमा चुर्लुम्मै डुबे ? यस्तो छ उनको भित्री कथा - MONGOL KHABAR

Breaking

अर्काको श्रीमती हडप्ने सुबास नेम्वाङ किन परिवारवादमा चुर्लुम्मै डुबे ? यस्तो छ उनको भित्री कथा

काठमाण्डौ । कानुन जानेको धार्जे र इमान्दार नेताका रुपमा चिनिने सुबास नेम्वाङको चमक बाहिर जति धपक्कै बल्ने देखिन्छ भित्र त्यसको ठिक उल्टो र घीन लाग्दो छ । चरित्रका कारणले पनि उनी निर्विवाद छैनन् । अर्काकी श्रीमती टिपेर सौता हालेका नेम्वाङका दुई श्रीमती छन् ।  त्यहि मात्र होइन आफ्नो भजन गाउनेलाई नेम्बाङले राम्रै लिफ्ट दिने गरेका छन् । 


सूचने अर्थात सुबास चन्द्र नेम्बाङको दिन २०५१ साल बाट चम्किन थालेको हो । मनमोहन अधिकारीको सरकारमा टपक्क टिपेर कानुन राज्यमन्त्री बनाइएका सुवासचन्द्र नेम्वाङ (सूचने)को परिवारवादलाई लिन सकिन्छ । त्यतिबेला राज्यमन्त्री न्यायपरिषद बैठकमा सहभागी हुन नपाउने भएपछि तुरुन्तै फुलमन्त्री बनाइएको थियो । जेलनेल भोगेकाहरुले अवसर पाएनन्, तर पायोनियर ल फर्मबाट धन कमाउन तल्लीन रहेका नेम्वाङलाई मन्त्री बनाउने माधव नेपाल नै थिए ।

तिनै नेम्वाङको परिवारवादको बारेमा यहाँ चर्चा गर्न खोजिएको हो । नेम्वाङको परिवार भित्रैबाट ८ जना भन्दा बढीले कसरी अवसर पाए र पाइरहेका छन् ? नेम्वाङको परिवारका २ सदस्य त संघीय सरकारमा मन्त्री नै छन् । नेम्वाङकी कान्छी सानिमा शिवमाया तुम्बाहाङ्फे भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । उनी यसअघि कानुन मन्त्री र उपसभामुख थिइन् ।

नेम्वाङका कान्छा मामा बिजय सुब्बा पटक–पटक सांसद भए । उनी अशोक राईहरुको संघीय समाजवादी पार्टीबाट एमालेमा आउना साथ सांसद पाउने भाग्यमानी हुन् । जनजाति नेताहरुलाई भड्काएर पार्टी विभाजन गरी जाने सुब्बाले मात्र फर्किना साथ अवसर पाएका हुन् । उनले एमालेलाई बाहुन क्षेत्रीको पार्टी भनेर धारेहात लाउँदै अशोक राईसँग गए, नेम्वाङको मामा भएकाले फर्किनासाथ समानुपातिक सांसदको अवसर पाए । एमालेमा रहेका र योगदान भएका जनजाति नेताहरुको भाग खोसेर अप्ठेरामा पार्टी छाडेर गएका सुब्बालाई दिइयो । 

सुवास नेम्वाङले आजीवन सीपी मैनालीको माले पार्टीमा आवद्ध भाइ अइन्द्रसुन्दर नेम्वाङलाई एमालेसँग एकता गराउने भनी ल्याएर समानुपातिक सांसद बनाए । अइन्द्रसुन्दरलाई सीपीको पार्टीमा सांसद हुने अवस्था हुन्जेल त्यतै राखे । त्यो पार्टी २०७४ मा थ्रेसहोल्डका कारण संसदमा आउन नसक्ने देखेपछि चुनाव अघि भाइ अइन्द्रसुन्दरलाई एमालेमा प्रवेश गराई समानुपातिकको सूचीमा चौथो नम्बरमा राखे । आदिवासी जनजातिको कोटाबाट तिलकुमार मेयाङ्बोजस्ता पुराना नेतालाई पछाडि राखेर अइन्द्रसुन्दरलाई ४ नम्बरमा राखे । भलै एमालेबाट प्रत्यक्षमा पुरुषले बढी सिट जितेकाले ३ जनामात्र पुरुष समानुपातिकमा परेका थिए । सुवास नेम्वाङले आदिबासी जनजाति कोटाबाट समानुपातिकमा १ नम्बरमा आफ्नै मामा बिजय सुब्बालाई राखी ४ नम्बरमा भाइलाई राखेका थिए ।  

लिम्बु समुदायबाट एमालेमा लामो समय योगदान गरेकालाई अवसर नदिई परिवारवादलाई प्रश्रय दिने कार्यमा सुवास नेम्वाङले कुनै कसर बाँकी नराखेको मालेबाट आउनासाथ भाइ अइन्द्रसुन्दरलाई समानुपातिकको ४ नम्बरमा राखे पछि पुष्टि भएको छ ।

सुवास नेम्वाङका साइँला काकाका छोरा बसन्त नेम्वाङ ओली सरकारको मन्त्रिपरिषदमा सबैभन्दा शक्तिशाली भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । बसन्त नेम्वाङको पनि २०४६ र २०६२–०६३ को आन्दोलनमा कुनै योगदान नभए पनि सुवास नेम्वाङकै भाइ भएकाले एकै पटक क्रेनले टिपेर भौतिक मन्त्री बनाइए । 
बसन्तकी श्रीमती भूमिका सुब्बालाई सुवासकै जोडमा संचार मन्त्रालय अन्तर्गत सेन्सर बोर्डको सदस्य हुँदै प्राज्ञ बनाइएको छ ।

बसन्त नेम्वाङकी भाउजू मुना नेम्वाङलाई फिदिम नगरपालिकाको उपमेयर बनाउन महेन्द्र थाम्सोहाङ जस्ता युवा र पार्टीमा योगदान भएका नेतालाई बली चढाइयो । र, मेयरको टिकट राजकुमार भण्डारीलाई दिइयो । फलस्वरुप एमालेको लहर चलेको बेला फिदिममा मेयर उपमेयर दुवै पदमा पराजय बेहोर्नुपर्यो । नेपाली कांग्रेसले चुनाव जित्यो । यदि थाम्सोहाङलाई टिकट दिएको भए फिदिम नगरपालिकामा एमालेले चुनाव सहजै जित्ने अवस्था थियो । तर सुवास नेम्वाङहरुको परिवारमोहका कारण एमालेले फिदिम नगरपालिकामा हार खाएको थियो ।

सुवास नेम्वाङकी परिवारवादको श्रृंखला यतिमा सकिंदैन । सुवास नेम्वाङकी बहिनी प्रमिला देवान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन९न्याम्स०को रजिष्टार छिन् । सुवासकै जोडबलमा उनी रजिष्टार भएकी हुन् ।

सुवासले फुपूकी छोरी होमकुमारी सावाँलाई १ नम्बर प्रदेशको समानुपातिक सांसद बनाए । यद्यपि उनी सुवास जस्तो विवेक बन्धकी नराखी ओलीको सनकी कदमको विपक्षमा खडा भएकी छन् । अहिले उनी प्रचण्ड–माधव समूहमा लागेकी छन् । नेम्वाङले भाइ सुरेश नेम्वाङलाई इलाम नगरपालिकाको उपमेयर उम्मेदवार बनाएर र सुवाष नेम्बाङकी कान्छी श्रीमती विशाल नेम्बाङको फुपु साईनोकै कारण ताप्लेजुङकी उर्मिला थेवेलाई हाल केन्द्रीय सदस्य बनाइएको छ । उनका श्रीमान भुपेन्द्र थेवेलाई संविधान सदस्य बनाए । उर्मिला थेवे सिरिजंगा गाउँपालिका सिनामकी वडा अध्यक्ष पनि हुन् ।

यसरी सुवास नेम्वाङले परिवारबादको सुरुवात गरेको  पनि पूर्वका नेकपा कार्यकर्ताको मानसपटलमा ताजै छ । उनै उर्मिलाका छोरा क्षितिज थेबे ओलीको युवा संघको उपाध्यक्ष बनाईएका छन् । नेम्बाङको लगानीमा रहेको एउटा हाइड्रोको काम पनि क्षितिजले नै हेर्ने गरेको श्रोतको भनाई छ । नेम्वाङको छोरा र क्षितिजको लगानीमा प्रहरी मुख्यालय छेउमा बुटिक होटल समेत संचालित छ । नेम्बाङको स्वकीय सचिव बुद्दी खनाल र उनका आफन्तका नाममा नेम्बाङको अर्ब हाराहारीको सम्पती छ ।