मंगोल नेशनल अर्गनाइजेशन (MNO) बुद्धलाल मेचेले खस आर्य स्विकारे - बिक्रम लिम्बू - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन (MNO) बुद्धलाल मेचेले खस आर्य स्विकारे - बिक्रम लिम्बू

संबाददाता

बुद्धलाल मेचे ( MNO ) संगठन मेचे र थमनबहादुर बुढा मगरले गत प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा गंगा पौडेल र भिमकुमारी बंशी ठकुरी लगायत खस आर्यलाई मंगोल नेशनल अर्गनाइजेशन संगठनबाट समानुपातिक उम्मेद्बारी बनाएर धेरै गल्ती गरेकै हो । त्यसको तथष्ट प्रमाण छर्लङ छ । 


डा.गोपाल गुरुङको सिद्धान्त र मंगोल नेशनल अर्गनाइजेशनको बिधानमा खस आर्य स्विकार्नु कुनै दफा छैन । सोही अनुसार डा.गोपाल गुरुङको असली सिद्धान्त मान्ने नेताकार्यकर्ताहरु सिद्धान्तनिष्ठ भएर त्यसको बिरोध स्वरुप खण्डन गर्दा ब्यक्ति बिशेष आरोप र चरित्र हत्या आफू निकटका नेताकार्यकर्तालाई खुल्ले आम गर्न लगाएर मंगोल संगठन दुईधार हुने MNO ( मेचे र थमनबहादुर बुढा मगर ) ले बाध्य गरायो ।


अनन्त डा.गोपाल गुरुङको सत्य सिद्धान्त र बिधानलाई बोकेर आम मुलबासी मंगोलको हकअधिकारलाई सुनिश्चित गर्न राष्ट्रव्यापी अभियानमा जनता माझ मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ मंगोलवाद अभियान, प्रशिक्षण गरि संगठन बिस्तारमा लागि रहदा, MNO का साथिहरुले संगठनलाई मागी खाने भाडो बनाएर हिड्ने क्रममा ३० औं स्थापना दिवसको अबसर पारेर देशै भरिको अबुझ मुलबासी मंगोललाई भ्रममा पारी दाङमा स्थापना दिवस मनायो । 


त्यहाँ पनि दिन दाहडै खस आर्य दिलबहादुर छेत्रीलाई मंगोल बनाएर छाड्यो । मंगोल नेशनल अर्गनाइजेशन ( MNO )  बुद्धलाल मेचे र थमनबहादुर बुढा मगरले मगर समुदायलाई खस आर्य बनाउने र खस आर्य समुदायलाई मंगोल बनायो । यी अधिकार मेचे र थमनलाई छैन ।


मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ (MNO DGG) संगठन पाटी नभएर ८०% मुलबासी मंगोल समुदायको संगठन हो । यो संगठन डा.गोपाल गुरुङ जिबित रहदा जसरी खस आर्य रहित थियो । अहिले वहाँको देहावसान पछि पनि खस आर्य रहित नै छ । फाउण्डर प्रेसिडेण्ट डा.गोपाल गुरुङको बिधान र सिद्धान्तमा खस आर्यलाई साधरण सदस्य दिने, कुनै दफामा छैन ।


आजको दिन सम्ममा मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन निर्माण पछि देशको धेरै जिल्ला र प्रबासमा आफ्नो संगठन बिस्तार गरि दैनिक जसो प्रशिक्षण सभा गर्दै संगठन बिस्तार गरिरहेको छ । यी अबधिमा गोपाल गुरुङको सहि सिद्धान्तमा सिद्धान्तनिष्ठ भएर हाम्रो संगठनमा देशको धेरै जिल्लाबाट र प्रबास सभाबाट मंगोल नेशनल अर्गनाइजेशन ( MNO ) परित्याग गरि मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ ( MNO DGG ) संगठनमा सिंगो जिल्ला सभा र प्रबास सभा समाहित भैसकेको सबैलाई सर्बबिबितै छ ।


यसैक्रममा संचारकर्मी जगत ठाडा मगर संगको टेलिफोन संबादमा बुद्धलाल मेचेले लोकतन्त्र र २०७२ असोज ३ को कालो संविधान स्विकार गर्दै संगठन जोगाउनको लागि अनिबार्य खस आर्य स्विकार्नु पर्ने थियो । त्यही अनुरुप मंगोल नेशनल अर्गनाइजेशन (MNO) ले खस आर्य स्विकारेको संचारकर्मी संगको संवादमा प्रष्ट बोलिसकेको छ । जुन सबै मिडिया र समाजिक संजालमा भाइरल भैसकेको र सबै जनताले बुझिसकेको बिषय हो । 


यसमा आम मुलबासी मंगोल समुदायलाई के अपिल गर्दछु भने, तपाईहरु कोहि पनि मेचेको भ्रममा नपरी  मुलबासी मंगोलको हकअधिकार र मंगोल राष्ट्रबाद स्थापनाको लागि खस आर्य रहितको मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनमा आबद्ध भैई छिटो भन्दा छिटो मुलबासी मंगोलको हकअधिकार सुनिश्चित गर्न आजै देखि अभियानमा एकताबद्ध भएर लाग्न अनुरोध गर्दछु ।


लेखक :- बिक्रम लिम्बू ( इलाम )

मंगोल नेशनल अर्गनाइकेशन -डा.गोपाल गुरुङ संघिय सभा सदस्य हुनुहुन्छ ।