सुभासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन - MONGOL KHABAR

Breaking

सुभासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले संसदीय दलको उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई  निर्देशन दिएको छ । 



पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई राजीनामा दिन निर्देशन दिएकाे एक केन्द्रीय सदस्यले मंंगोल खबरलाई जानकारी दिए । 

प्रचण्ड - नेपाल पक्ष पेरिसडाँडामा अहिले केन्द्रीय कमिटीको बैठक जारी छ । प्रतिनिधिसभा पुनःस्थापना पछिको रणनीति तय गर्न बैठक बसिरहेको हो ।