हराएको नवलपरासी बर्दघाटका दुई बालकको खोजी गरिदिन परिवारको आग्रह - MONGOL KHABAR

Breaking

हराएको नवलपरासी बर्दघाटका दुई बालकको खोजी गरिदिन परिवारको आग्रह

जगत ठाडा मगर

नवलपरासी । फाल्गुन २० बिहीवार, पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १ पुर्नबासबाट हराईरहेका दुई बालकको खोजी गरिदिन परिवारहरुले आग्रह गरेका छ्न ।

बर्दघाट -१ पुर्नवास निवासी गहुँगोरो निलो चेक सर्ट लगाएका बर्ष १७ का श्रीधर रोका र सोही ठाउँ निवासी बर्ष १३ का कालो बर्ण भएका अरुण थापा मगर आईतवार साझबाट परिवार र कुनै आफन्तजनको सम्पर्कमा नआएकाले परिवारले सबैलाई खोजी गरिदिन आग्रह गरेको छ ।

श्रीधर रोका वाल्मीकि माबिमा कक्षा ९ मा र अरुण थापा मगर सोही बिद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आईरहेका थिए । उनिहरु बिद्यालय समय पछि घर आई फुटवल खेल्न गएका थिए । साझको समय सम्म फुटबल खेलेर सम्पर्क उनिहरुको परिवारले खोजिकार्य गरेको हो । र अहिले सम्म खोजतलास गर्दा पनि कहि कतै फेला परेको छैन । उनिहरु फाल्गुन १७ गते सोमबारदेखि हराईरहेको छ ।

फेला पार्नु हुने महानुभावले मोबाईल नम्बर ९८११४९१६९७ / ९८१७५३३३९४ मा वा नजिकैको प्रहरी कार्यालयमा बुझाई दिनु हुन विनम्र अनुरोध गरिको छ ।