१६ औं मैत्रीय धर्मको महामैत्री दिवस, भोलि ललितपुरको चुनिखेलमा मनाईदै, १२ गते सर्लाहीमा महापुजा गर्दै समापन गरिने - MONGOL KHABAR

Breaking

१६ औं मैत्रीय धर्मको महामैत्री दिवस, भोलि ललितपुरको चुनिखेलमा मनाईदै, १२ गते सर्लाहीमा महापुजा गर्दै समापन गरिने

काठमाण्डाै । महासम्बोधी धर्म संघले यही चैत्र ८ देखि १२ गतेसम्म १६ औं मैत्री दिवस मनाउने भएको छ । १६ वर्षअघि बाराको हलखोरियामा तपस्यारत रामबहादुर बमजन गुरुका भक्तहरूले यस पटक मैत्री दिवस भब्य रूपमा मनाउने भएको छ ।


मैत्री दिवस चैत्र ८ गते चितवनमा, ९ गते ललितपुरको चुनिखेलमा, १० गते सिन्धुपाल्चोकको बाँडेगाउँमा, ११ गते झापाको बुधबारेमा महामैत्री पूजा सम्पन्न भएपछि १२ गते सर्लाहीको पत्थरकोटमा महापूजा गर्दै समापन गर्ने, बोधी श्रवण धर्म संघले जानकारी दिनुभएको छ । भोलि ९ गते ललितपुरको चुनिखेलमा हुने कार्यक्रमकाे प्रत्यक्ष प्रसारण नवलपुर टुडेबाट गर्ने छ भने, उक्त कार्यक्रमकाे मिडिया पार्टनर नवलपुर टुडे रहेकाे छ ।

किशोरवयका रामबहादुर वमजन दैवी शक्तिको प्रवेश पछि बाराको हलखोरिया जंगलमा गुप्त तपस्या लिनु भएका थिए । वहाँले ज्ञान प्राप्त भएपछि महासम्बोधी धर्म संघ गुरुका नामले चिनिनु हुने छ । उहाँका संसार भर भक्तजनहरू रहेका छन् र नेपालमा पनि उहाँद्वारा प्रतिपादित मैत्रीय धर्मको ब्यापक विस्तार हुँदै गएको छ ।

गुरुका कारण जनजाति खास गरी तामाङ समुदायमा बढ्दो इसाइकरणमा बाधा उत्पन्न भएपछि केही वर्षयता उहाँका विरुद्ध विभिन्न स्तरका षड्यन्त्र हुँदै आएका छन् । नेपाल प्रहरी प्रशासनलाई समेत गुरु विरुद्ध प्रयोग गर्ने प्रयास पटक-पटक भएको बेला बेलामा संचार माध्यममा सुन्न पर्ने दुखदाय हो ।

पछिल्लो समयमा मैत्रीय धर्मविरुद्ध षड्यन्त्र भएको तथ्यहरू फेला पर्न थाले पछि आम मानिसमा गुरुप्रतिको आकर्षण बढ्दै गएको छ र, प्रशासन पनि तुलनात्मक रूपमा सकारात्मक बन्दै गएको छ ।