कांग्रेस नेता नबिन्द्रराज जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु - MONGOL KHABAR

Breaking

कांग्रेस नेता नबिन्द्रराज जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब उद्योग मन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको छ । लामो समय देखि उपचाररत उहाँको ५७ बर्षकाे उमेरमा अाज निधन भएको हाे ।


यसअघि निधन भएको भन्दै संचार माध्यममा उहाँप्रती अफवाह पनि फैलाइएको थियो । फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भएको थियो । जोशीको उपचारका क्रममा निधन भएको हो ।


वि.सं.२०२० साल पुस २४ गते जन्मिनु भएका स्वर्गीय जाेशीका श्रीमती र एक छाेरी छन् । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जाेशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित हुनुभएकाे थियाे ।



२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुभएकाे थियाे ।


प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका वहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राती निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरेको छ ।


उहाँ प्रचण्ड नेतृत्वको माओवादी - कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बन्नुभएकाे थियाे । स्वर्गीय जाेशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्थ्याे ।