गाउँदेखी शहरको कुना कन्दरासम्मका मुलबासी मंगोललाई ब्युँझाउने चन्द्रहाङ्ग राईको उठ जाग नयाँ गीत बजारमा (भिडियो) सहित - MONGOL KHABAR

Breaking

गाउँदेखी शहरको कुना कन्दरासम्मका मुलबासी मंगोललाई ब्युँझाउने चन्द्रहाङ्ग राईको उठ जाग नयाँ गीत बजारमा (भिडियो) सहित

काठमाडौ । आह यत्ती मिठो शब्दका धनी गीतकार चन्द्रहाङ्ग राईले प्रबासमा ब्यस्त समयको बाबजुद भएर पनि उहाँले मस्त निन्द्रमा सुतिरहेका तमाम मुलबासीलाई ब्युँझाउने जोसिलो यथार्थ बादी गीत बजारमा ल्याएको छ ।


यसै शब्दलाई सङ्गीतकार सनम पुरुषले संगित र एरेन्ज गर्नु भएको छ, भने यसगीतलाई चर्चित गायक प्रीयजन राई, बुद्ध राई, गायिका दीपा तामाङ र संगिता राईको संयुक्त मीठो आवाजले भएको छ ।

चन्द्रहाङ्ग राई मान्छे एक भएर नि प्रतिभा अनेक भएको ब्यत्तित्व हुनुहुन्छ । उहाँ बिज्ञान राजनिती दर्शन अध्ययनमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । उहाँद्वारा स्वचालित रिचिबुङ हेल्पिङ हेल्थ फाउण्डेशन मार्फत समस्यामा परेका पीडित ब्यक्तिलाई आर्थिक सहयोग गरेर ठूलो योगदान पनि पुर्याउनु भएको छ ।

प्रसंग बदलौ हाम्रो देश नेपाल राजनैतिक अराजकत्ताले थलिएको छ । यहाँ राजनैतिक अस्थिरताको कारण देशमा विभिन्न समस्या जनताले झेल्नु परेको छ । कोहि आफ्नो अस्तित्व मेटाएर अरुको दास बन्नु परेको छ । आफ्नै माटोमा पराइले शोषण दमन गरिरहेको छ । हामी मुक दर्शक भएर हेरिरहन बिबश छौ ।

आफ्नो पहिचानलाई यसरी मेटाउनुहुन्न आफ्नो अस्तित्वलाई यसरी हत्या गरिनु हुन्न । आफ्नो नैसर्गिक आधिकार आफैले खोज्नु पर्छ । नत्र हामी पतन हुने निस्चित छ देशमा ठुला - ठुला क्रान्तिहरु भए, तर पनि देशको मुहार कहिले फेरिएन । यो देशले कहिले शन्तिको श्वास फेर्न सकेन अब एकताको खाचो छ एकताबद्ध भएर, बाहुनबादका यी सबै कालो कर्तुतहरुबाट मुक्ति पाउनु पर्छ भन्ने गीतको सन्देश छ ।

यस गीतमा अभिनय गर्ने कलाकारहरु डाइरेक्सन प्रीयजन राई, क्यामेरामेन नरोत्तम पाण्डे, कोरियोग्राफर दीपक गुरुङ, मोडेल सबिना लो तामाङ, मीन प्रकाश ओली, उषा कार्की, संगम राई, संगिता राई, बिनिता सेलिङ लिम्बू , गौरब अर्याल, हरि ढकाल, वर्षा लिम्बू, रबिन राई, समीर राई, आइसा राई, अम्बिका राईर सिमला राईको अभिनय रहेको छ । र मेकअप आर्टिस्ट आइसा राई रहेका छन ।
बाँकी भिडियोमा
https://m.youtube.com/watch?time_continue=1&v=PyCmpYhDguI&feature=emb_title