२०७८ जनगणनामा नाम र थरको पछि अनिबार्य मगर लेख्न संघको कडा निर्देशन - MONGOL KHABAR

Breaking

२०७८ जनगणनामा नाम र थरको पछि अनिबार्य मगर लेख्न संघको कडा निर्देशन

काठमाडौ । नेपाल मगर संघ केन्द्रीय समितिको सचिवालय बैठकमा २०७८ जनगणनामा नाम र थरको पछाडी मगर अनिवार्य लेख्न कडा निर्देशन दिएको छ । संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले केन्द्रीय मगर सघको केन्द्रीय समितिको सचिवालयमा सम्पन्न बैठक पश्चात प्रमुख निर्णय सुनाउदैले निर्देशन दिएको बताए ।


नेपाल मगर संघ केन्द्रीय समितिको सचिवालय बैठकको प्रमुख निर्णयहरु यसप्रकार रहेको छ । मगर आन्तरिक जनगणना गर्न २०७७ चैत्र १७ अगावै सामाग्री तयार गर्ने, २०७७ चैत्र २७ अगावै सातै प्रदेशमा प्रदेश स्तरीय अभिमुखिकरण गर्ने, २०७८ बैशाख १ गते देखि बैशाख मसान्त भित्र आन्तरिक मगर गणना गरिसक्ने । नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महाधिवेशन सम्बन्धमा आगामी केन्द्रीय पुर्ण बैठकले निर्णय गर्ने केन्द्रिय संघले निर्णय गरेको छ ।

मगर संघले राज्यको बिभिन्न निकायहरुको बिभिन्न पदमा पुगेका र बिद्याबारिधी गरेका मगर समुदायका मानुभावहरुलाई यहि मिति २०७७ चैत्र १८ गते पर्यटन बोर्डको सभाहलमा बधाई शुभकामना कार्यक्रम गर्ने र नेपाल मगर संघ केन्द्रीय समितिको छटमा ट्रस्ट हालेर पुस्तकालय निर्माण गर्ने समेत बताए ।

नेपाल मगर संघ केन्द्रीय समितिको नियमित पुर्ण बैठक लुम्बिनी प्रदेशको अस्थाई राजधानी रुपन्देहीमा यहि मिति २०७७ चैत्र २८ र २९ गते संघको रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा बस्ने निर्णय गरेको बताए ।