संघिय मंगोल युबा सभा गठनले, काठमाडौ हल्लियो - MONGOL KHABAR

Breaking

संघिय मंगोल युबा सभा गठनले, काठमाडौ हल्लियो

काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन -डा. गोपाल गुरुङको भातृसंगठन मंगोल युबा सभाको संघिय सभा शनिबार काठमाडौको मित्रपार्कमा गठन गरेको छ । सभाले २१ सदस्यीय संघिय युबा सभा गठन गरेको छ ।


कार्यक्रममा संगठनका सर्बोच्च सभाका अधिकांश सस्थापक सदस्यहरुको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रममा सयौंको संख्यामा युबाहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा संघिय सभा, प्रदेश सभाका नेताहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा संघिय संयोजक बिरालाल वालाहाङ राईले युबा शक्तिले देश निर्माण र युबा पुस्तालाई जागुरुक गर्ने शक्तिको रुपमा अगाडि बढ्नु पर्ने र भबिश्यमा युबा शक्तिको भबिश्य रहेकोले मंगोल युबाले अबको परिबर्तन गर्ने छ, र मुलबासीहरुको साझा शत्रु बाहुनवाद पराष्ट हुनेछ ।

संघिय मंगोल युबा सभा गठनले देशभरीको युबाहरुलाई खुशीयाली र उर्जा छाएको अनुभुती भएको संघिय युबा सभाका संयोजक अमित याक्खाले बताएका छन । अब संगठन र मुलबासी मंगोलको हकअधिकारको निम्ति युबा सभाले देशैभर युबा सभा बिस्तार गरि अगाडि बढ्ने बताए ।