काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन् । जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो । पक्षमा ९३ मत मात्र पाएका छन् । विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ ।
विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए। एमालेका कुल १२१ जना सांसद थिए ।एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन् । खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।