नवलपुरको कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ गरि सार्बजनिक - MONGOL KHABAR

Breaking

नवलपुरको कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ गरि सार्बजनिक


कावासोती, पुष २४ । नवलपुरको कावासोतीमा तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जना पक्राउ गरेका छन् । 


जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराती कावासोती नगरपालिका २ वीपी चोकबाट जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो ।


उनिहरुलाई चोलबहादुर कानुङको घरमा तास खेलिरहेका बुद्धि पुलामी मगर, डम्बर सिंह लामिछाने मगर, नरेशकुमार विक, विजयकुमार रसाइली, शंकर सुनार, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर विक, लेखबहादुर फाल, खिमबहादुर लामिछाने, विशाल मर्स्याङ्गी मगर र हविजित यादवलाई पक्राउ गरेका हुन् ।


उनीहरु खेलिरहेको जुवाको खालबाट ५४ हजार ५ सय ६० रुपैयाँ नगद बरामद भएको प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।