सिरहामा एमालेको अधिवेशन तयारी पूरा - MONGOL KHABAR

Breaking

सिरहामा एमालेको अधिवेशन तयारी पूरा


बिनोद मण्डल

सिरहा, पुस २४ । नेकपा एमाले जिल्ला कार्यसमिति सिरहाको अधिवेशन तयारी पूरा भएको छ । सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिका बीच पुस २५ गते देखि अधिवेशन शुरू हुने नेता शिवशंकर महतोले बताए । 


एमालेको १०औं जिल्ला अधिवेशनको क्रममा पार्टी महासचिव शंकर पोखरेलद्वारा उद्वघाटन गरिने भनिएको कार्यक्रममा करिब ५५० प्रतिनिधिहरूको सहभागिता रहने आयोजक कमिटीका युवा नेता जयप्रकाश ठाकुरले जानकारी दिएका छन् ।


अधिवेशनको तयारीमा जुटेका नेता कार्यकर्ताले बिहानदेखि लहानको विभिन्न ठाउँमा गेट निर्माण देखि लिएर झण्डा झुन्ड्याउने सम्मका काम आज सम्पन्न भएको नेता रामस्वरूप सदायले जानकारी दिएका छन् ।


कार्यक्रममा सांस्कृतिक कार्यक्रमको जिम्मा बोकेका चर्चित युवा नेता राममणि मिश्रले मञ्चको सम्पूर्ण तयारी पूरा भएको बताउँदै हरेक पालिकाबाट समावेशी प्रतिनिधित्वका आधारमा प्रतिनिधिहरू छनौट गरिएको बताउनु भएको छ ।


कार्यक्रममा आगन्तुकको लागि खाना र बासको व्यस्थापन गरिएको नेता रामकुमार शाह (अनुरुध) ले बताएका छन् । भव्य तयारीका बीच सम्पन्न हुन् लागेको कार्यक्रमबाट सकारात्मक संदेश जाने पूर्व सांसद नरेन्द्र राज पोखरेलले जानकारी दिनुभयो ।